५-पुष काठमाडौं-पूर्वको विद्यालयहरुमा स्याडो पपेट्री मार्फत ‘खरायो र कछुवा’ नाटक मञ्चन भइरहेको छ।

परम्परागत हार–जितको कथालाई बदल्दै ‘सहकार्य’को सन्देश बोकेको नाटक ‘खरायो र कछुवा’ अहिले कोशी प्रदेशका (एक नः प्रदेश)का विभिन्न विद्यालयहरूमा मञ्चन भइरहेको छ।

एक थिएटर नेपाल र कलालय इटहरीको प्रस्तुति रहेको यो नाटकमा ‘स्याडो पपेट्री’छाया कठपुतलीको नौलो प्रयोग गरिएको छ ।अनिल सुब्बाको निर्देशनमा बनेको यो नाटकले प्रकाश र छायाको माध्यमबाट विद्यार्थीहरूलाई मनोरञ्जन मात्र नभई कल्पनाशक्ति बढाउने अवसर पनि दिएको छ।

दमकमा २५ सय विद्यार्थीहरूले हेरिसकेको यो नाटक अहिले इटहरी र धरानका विभिन्न स्कुलहरूमा प्रदर्शन हुने क्रममा छ।नाटकले समाज र राजनीतिमा हुने अस्वस्थ प्रतिस्पर्धालाई व्यंग्य गर्दै ‘एक्लै जित्नुभन्दा मिलेर अघि बढ्नु नै सफलता हो’ भन्ने सन्देश प्रवाह गरेको पाइन्छ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com