१७ मंसिर,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी नेतृ सुमना श्रेष्ठले आफू एकता प्रक्रियाको अभियानमा रहेको प्रष्टोक्ति दिएकी छिन्।
बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले यसबारे प्रष्ट पारेकी हुन् ।उनले आफू पछिल्लो समय नयाँ राजनीतिक दलहरूको पक्षमा रहेको बताइन् । ‘सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ । म एकतामा छु,’ उनले भनिन्।
रास्वपा छोडेपछि उनी उज्यालो नेपाल पार्टी निर्माण प्रक्रियामा पनि सामेल भएकी थिइन् ।अन्तिममा उनी यो पार्टीमा भने सहभागी भइनन्।
तर नयाँ पार्टीहरूबीच एकता आवश्यक रहेकोमा उनले जोड दिइन् । नयाँहरू नमिल्ने हो भने भने पराना पार्टी नै आउने भएकाले एकता गर्न सबैलाई उनले आग्रह गरिन्।
प्रकाशित मिति: १८ मंसिर २०८२, बुधबार

प्रतिक्रिया