काठमाडौं ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल  मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् ।

प्रकाशित मिति: १७ मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com