८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि दुईवटा विकल्प रहेका बताएका छन्।

जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएको कांग्रेस इलामको पार्टी कार्यालय अवलोकनपछि सम्बोधन गर्ने क्रममा उनले महाधिवेशन सम्भव भएको जिकिर गर्दै दुईवटा विकल्प रहेका बताएका हुन्।

समय घर्किँदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ ? तपाईं साथीहरूको जिज्ञासामा म प्रष्ट छु,’ महामन्त्री शर्माले भने, ‘सबै ऐक्यबद्ध भएर जुटौं, महाधिवेशन सम्भव छ, विकल्प दुईवटा छन् ।’शर्माले पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी अबको बैठकबाट कार्यतालिका निर्माण महाधिवेशनको पहिलो विकल्प रूपमा अर्थ्याए । महाधिवेशन तयारीका क्रममा केही दिन समय नपुगेको अवस्थामा थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्न सकिने उनको भनाइ थियो ।‘समानुपातिकको सूची बुझाउने मिति या फागुन २१ कै चुनाव पनि केही पछि सर्नसक्छ,’ महामन्त्री शर्माले भने, ‘शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत् हल खोज्नु उत्तम।’

महामन्त्रीले २०१४ सालमा तत्कालीन सभापति सुवर्ण शमशेरलेझैं सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन बलाउनु महाविधेनशका लागि दोस्रो विकल्प भएको बताए ।पार्टीका आदरणीय सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘त्यो भनेको ०१४ सालमा झैं स्वयं सभापतिले मार्गप्रशस्त गर्ने । त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउने छ।’

१४ औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर सम्बोधन नगरी कांग्रेस अघि बढ्न नसक्ने महामन्त्री शर्माको भनाइ थियो ।५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन,’ उनले भने, ‘तब ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन ०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिने छ।’

प्रकाशित मिति: ९ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com