मंसिर काठमाडौ.इलामकी चेली गोमा लिम्बू योङ्हाङ्ले दोस्रो नेशनल ओप्सना म्युजिक एण्ड फिल्म अवार्ड समारोहमा पालाम विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छिन्।अवार्ड कार्यक्रम विशिष्ट नाट्य तथा चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यतामा चाबहिलस्थित चलचित्र बिकाश बोर्डको हलमा सम्पन्न भएको थियो । गायिका गोमा लिम्बू योङ्हाङ्ले सागर केरुङको रचना, मनि तामलिङको भिडिओ निर्देशन र म्युजिक अरेन्ज रहेको ‘सुर्केपुङ’ पालामबाट सो अवार्ड जितेकी हुन्।

समारोहमा राष्ट्रिय, लोक, देउडा, आधुनिक, पप, चलचित्र गीत, टेलिभिजन धारावाहिक लगायत कूल ३९ विधामा अवार्ड वितरण गरिएको थियो भने साहित्य, सङ्गीत, कला, खेलकुद, पत्रकारिता र समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

गोमा लिम्बू योङ्हाङ्ले

प्रकाशित मिति: ९ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com