७ मंसिर, काठमाडौं।प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ।

आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।

पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन्।नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व  समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।

प्रकाशित मिति: ८ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com