६ मंसिर, काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् ।तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् ।

साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए ।अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भनेका छन् ।

प्रकाशित मिति: ७ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com