६ मंसिर, काठमाडौं।जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन्।
निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् ।आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ ।
यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए।
प्रकाशित मिति: ७ मंसिर २०८२, शनिबार

प्रतिक्रिया