४-मंसिर काठमाडौं,कञ्चन थलङको शब्द संगीत र स्वर रहेको हिँड्दै थिएँ म म्युजिकल फिल्म सार्वजनिक भएको छ।तिमबुङ पोखरी युट्युब च्यानलबाट सार्वजनि भएको उक्त म्युजिक भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन्।

प्रमुख कलाकारहरु

लाहुरेको पीडा प्रेम र जीवन कथालाई सुन्दर ढङ्गले उनेर निर्माण गरिएको उक्त म्युजिकल फिल्ममा प्रमुख कलाकारहरुको रुपमा कञ्चन थलङ बिमला खजुम पुर्ण लिम्बु सुन्निमा खापुङ ऋतु आङबुङ धनमाया योङहाङ कर्ण सम्बाहाम्फे चैनधोज फम्बो कमानसिङ राईका अभिनय देख्न पाइन्छ।

निर्देशन

उक्त म्युजिकल फिल्मलाई कलाकार गायक कञ्चन थलङ आफैले निर्देशन गरेका छन्।

निर्माण छायांकन

ऋतु आङबुङ बिश्व लिम्बु धनमाया योङ मकर बेघाले निर्माण गरेको उक्त म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन र रेनिस फागोले कलर गरेका छन्।अजय तामाङले पोस्टर बनाएको म्युजिक भिडियोको छायांकन धरान मेघा कलेज र दृष्य एजुकेसन फ्रेसकप पुतली सडकमा गरिएको हो।

प्रकाशित मिति: ४ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com