काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक पार्टीका शीर्ष नेताको घरमा एकाध करोड रुपैयाँ हुनु सामान्य कुरा भएको बताएका छन् ।एक टेलिभिजन अन्तरवार्तामा यस्तो बताएका हुन् । आफूले घरमा खासै पैसा राख्ने नगरेको समेत उनले बताए । पार्टी, नेता कार्यकर्ता व्यवस्थापनका लागि शीर्ष नेताको घरमा त्यति रकम हुनु ठुलो कुरा नभएको पनि प्रचण्डको भनाई छ ।
‘एकाध करोड हुन सक्छ । तर मैले घरमा पैसा राख्दैनथेँ’, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भनेका छन्, ‘साथीहरुकैमा राखिदिन्थेँ । अलिअलि गरेर, बरु १० लाख, ५ लाख, ४ लाख गरेर विभिन्न ठाउँमा राख्दा सुरक्षित पनि हुन्छ र सजिलो पनि हुन्छ भनेर ।’उनले त्यसरी राख्दा पार्टीभित्र के हो भनेर प्रश्न नउठ्ने भएकाले विभिन्न ठाउँमा लगेर राख्ने गरेको बताए । तर त्यसरी राखेको रकमबारे साथीहरूलाई पनि थाहा हुने गरेको प्रचण्डको भनाइ छ ।
अन्तर्वार्ताका क्रममा उनले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दाबी पनि गरेका छन् । प्रचण्डले आगजनी हुनुअघि नै दुई ट्रक पैसा अन्तै लगेको भनेर गरिएको प्रचारबाजीमा सत्यता नभएको पनि दाबी गरेका छन् । उनले त्यसबारे सचिवालयबाट खण्डन गरिसकेको भन्दै त्यो प्रचार सय प्रतिशत झूटो भएको बताएका छन् । ‘केको ट्रकमा लाने हावा कुरा, प्रचण्डले भने
प्रकाशित मिति: ३ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया