३० कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको हो ।

रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो । अन्तरिम आदेशका सम्बन्धमा आइतबार हुने सुनुवाइ भोलि सोमबार हुने छ ।पछिल्लो कही समययता अस्थिर रहेको मधेश सरकारमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ ।

तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले एमाले दलका नेता यादवलाई महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने बर्दिबास नगरपालिका ३ कालापानीस्थित पानस होटेलमा पुगेर एमाले दलका नेता सरोजकुमार यादवलाईमुख्यमन्त्री पदको शपथ खुवाइन् । त्यसपछि विवाद चर्किएको हो ।त्यसविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

प्रकाशित मिति: १ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com