काठमाडौ। दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधनको खबर भारतीय सञ्चारमाध्यममा आइरहँदा उनकी छोरी इशा देओलले भने यसको खण्डन गरेकी छन् ।
उनले परिवारको गोपनियता कायम राखिदिन तथा हल्लामा विश्वास नगर्न आग्रह गरेकी छन् । इन्स्टाग्राम स्टोरीमार्फत इशाले आफ्नो बुवा स्थिर र सुधार भैरहेको दाबी गरेकी छन् ।

उनले बुवालाई चाँडो निको हुनको लागि प्रार्थना गर्न आग्रह गरेकी छन् ।
यद्यपि, इन्डिया टुडे, हिन्दुस्तान टाइम्स लगायतका प्रसिद्ध भारतीय संचारमाध्यमले मंगलबार बिहानैदेखि धर्मेन्द्रको निधन भएको समाचार लेखेका छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com