पाँचथर, कात्तिक २२ | पाँचथरको फिदिमस्थित सुम्हा?लुङको प्राङ्गणमा ‘एक हप्ते निशुल्क केला:ङ प्रशिक्षण सम्पन्न भएको छ | याक्थुङ मुन्चइत चोक सयङ जिल्ला कार्यसमिति पान्थरको आयोजना भएको प्रशिक्षण कार्यक्रम शनिवार एक समापन समारोहको आयोजना गरि प्रशिक्षकहरुलाई धन्यवाद पत्र र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ | ५० जना सहभागी रहेको तालिमलाइ सुरेन्द्र केरुङ, जोनहाङ केरुङ, वर्षा खवास र दिपिका केरुङले सहजीकरण गरेका थिए |

याक्थुङ मुन्चइत् चोक सयङका संघीय अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जबेगु, किरात याक्थुङ चुम्लुङ संघीय सदस्य लक्ष्मण लावती, फिदिम नगरपालिका वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावती लगायतले शुभकामना मन्तब्य राखेका थिए |

याक्थुङ समुदायको राष्ट्रिय बाजा च्याब्रुङ नाचहरु लोपोन्मुख हुन लागेकोले पुन:जागरणका लागि प्रशिक्षण आयोजना गरिएको जिल्ला अध्यक्ष फुङसो जबेगुले बताए |

प्रकाशित मिति: २३ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com