वासिङ्टन डिसी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान ममदानीले जितपछि दिएको भाषणलाई ‘धेरै क्रोधले भरिएको’बताएका छन्।
ममदानी सुरुदेखि नै गलत दिशामा गइरहेका छन् र यदि उनले वासिङ्टनप्रति सम्मान नराखे सफल हुने कुनै सम्भावना नरहेको ट्रम्पको भनाइ छ ।
फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भने– ‘मलाई लाग्यो उनको भाषण धेरै रिस भरिएको थियो, विशेष गरी मेरो विरुद्धमा उनले मप्रति राम्रो व्यवहार गर्नुपर्छ, किनभने धेरै कुरालाई स्वीकृति दिने जिम्मेवारी मेरो हो। उनी खराब सुरुवात गर्ने दिशामा छन्।’
न्युयोर्कको मेयरको चुनाव जितेपछि ममदानीले ट्रम्पलाई लक्षित गर्दै भनेका थिए, ‘जो मानिसहरूले उहाँलाई सफल बनाउन सक्छन्, तिनै मानिसहरूले उहाँलाई हराउन पनि सक्छन्।’
यसअघि ट्रम्पले ममदानी मेयर बनेमा न्युयोर्कलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन आफूलाई गाह्रो हुने बताएका थिए।
प्रकाशित मिति: २१ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया