धरान सुनसरी

स्व। विमल गुरुङको ५४ औं जन्म जयन्तीको अवसरमा आयोजित ३४ औं राष्ट्रिय कविता महोत्सव २०८२ र विमल गुरुङ कृति पुरस्कार २०८१ समर्पण कार्यक्रम धरान १८ स्थित विमल गुरुङ स्मृति पुस्तकालय हलमा भव्यताका साथ सम्पन्न भयो।

इलामका आख्यानकार बसन्त बस्नेतको उपन्यास सिमसारा लाई कृति पुरस्कार प्रदान गरिएको थियो, रु २ लाखको पुरस्कार राशि पुस्तकालयका अध्यक्ष तथा विमलका पिता पूर्ण बहादुर गुरुङले बस्नेतलाई प्रदान गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि लालीगुराँस नपाका मेयर मुन्धुम्बिद अर्जुनबाबु माबुहाङले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

लेखक बसन्त बस्नेत

राष्ट्रिय कविता महोत्सवका लागि चयन भएका जम्मा १० कविताहरूमध्ये ७ कविता स्वयं कविहरूले पाठ गर्नु भएको थियो । पाठ गरिएका कविताहरू मध्ये इलामेली कवि रीजन मायालुको छातीभित्र पृथिबीू कविता प्रथम, धरानका कवि दिनेश राई को फर्किन्छु अब देश कविता द्वितीय र बराहक्षेत्रकी कवि दीपा मग्रातीको संग्रहालयमा थन्किएको खाप्सियो कविता तृतीय भएको थियो ।

विजयी उत्कृष्ट कविहरुलाई जनङ्गे रु। २१०००, रु। १९००० र रु। १७००० सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो।

कवि अमित थेबे

सो अवसरमा कवि चन्द्र गुरुङद्वारा संपादित विमल गुरुङसम्बन्धी संस्मरण पुस्तक कवि विमल गुरुङ र आत्म घोषणाू संयुक्तरुपमा लोकार्पण समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर माबुहाङ, पुरस्कृत व्यक्तित्व बसन्त बस्नेत, कवि तथा वरिष्ठ नाट्यकर्मी गोपाल देवान, वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा, युवाकवि अमित थेबेलगायतले बोल्नु भएको थियो ।

बिजेता कविहरु

प्रकाशित मिति: २० कार्तिक २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com