काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच छलफल भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा सोमबार दिउँसो भएको छलफलमा पार्टीको नामबारे छलफल भएको एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराई जानकारी दिए ।
‘पार्टीको नामको विषयमा छलफल भएको हो । विभिन्न नाम छलफलमा छन् । भोलि बिहानसम्म टुङ्गिन्छ होला’, उनले भने ।

हिजो ८ दलबिच भएको सहमतिमा पार्टीको नाम खालि राखिएको थियो । छलफलमा नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी लगायत नाममाथि छलफलमा चलिरहेको नेताहरूले बताएका छन् । आजको बैठकमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com