काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खमारीः मौन संवाद’ पुनः मञ्चन भइरहेको छ। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण स्थगित भएको नाटकलाई निर्माण टिमले यही कात्तिक १३ देखि पुनः मञ्चन गरिरहेका छन्। कात्तिक २० सम्म मञ्चन हुने नाटक नाटक मणि के राईको परिकल्पना र निर्देशनमा बनेको हो। नाटकमा प्रकृति र मानव सभ्यताको कथालाई शारीरिक अभिव्यक्ति र नृत्यको माध्यमबाट प्रस्तुत गरिएको छ। जसमा एक बालकको रूखप्रतिको प्रेम र उसले खमारीको बिरुवा हुर्काउन गरिएको संघर्ष देखाइएको छ।

नाटकको मुख्य कलाकारहरुमा
नाटकमा प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देविका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर, रञ्जना नेपाली र सौजन सेनेहाङको अभिनय छ। जयराम ढकाल निर्माता रहेको नाटक एक थिएटर नेपालको प्रस्तुतिमा बनेको छ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया