काठमाडौं ।
वर्षकै प्रतिक्षित सिनेमा ‘जारी २’को ट्रेलरले दर्शकमा थप प्रतिक्षा बढाएको छ । श्रीमान् र श्रीमतीबीचको सुमधुर सम्बन्धबाट सुरु भएको ट्रेलर नाम मात्रै होइन कथा पनि ‘जारी’को सिक्वेल भएको देखाएको छ ।
घरपरिवार मिलेर बस्दा ‘जारी’मा भर्खर जन्मिएको छोरी स्कुल जाने भएकी छ ।
मेला र पर्वको रमाइलो र च्याब्रुङको तालसँगै लयमा सम्हालिएर अगाडि बढेको ट्रेलरले दर्शकको मन पनि जित्दै जान्छ ।
खटपट
जब सानो कुराले श्रीमान् र श्रीमती अर्थात् दयाहाङ र मिरुनाबीच खटपट सुरु हुन्छ अनि सुरु हुन्छ ट्रेलरमा द्वन्द्व । माइतीपक्षले छोरी चेलीले उसको घरमा इज्जत नपाएको थाहा पाएपछि लिन जान्छ ।
दुईतिरको समाज बस्छ । माइतीले दिएको र बजाउन सिकाइदिएको च्याब्रुङ च्यातिएँगै दिनदशा सुरु हुन्छ ।

सशुराली खलकले लेखेटेको रिस श्रीमानले श्रीमतीमाथि पोखेपछि ऊ माइती जान्छे । बालख छोरीले आमा खोज्छे, बाउले छोरालाई बुहारी लिन जान दबाब दिन्छन् ।
दयाहाङको अनुहारमा पश्ताप
एक्लोपनको महसुस गर्न थालेको छोरो अर्थात् दयाहाङको अनुहारमा पश्तापको भारी देखिन्छ । तर, मुखले ब्यक्त गर्दैन ।
विजय बराल
यता, विजय बरालकी श्रीमती पनि माइत गएपछि घर फर्किन मान्दिन । तर ससुरालीले जिउको बदला जिउ भन्दै नयाँ दुलही अन्माइदिन्छ ।

तर, दुलहीको एउटा आँखा हुँदैन । त्यसको पिरमा विजयको तनाव देखिन्छ । त्यही बेला घर छोडेर माइत बसेकी मिरुनालाई नयाँ प्रस्ताव आउँछ । ज्वाइँ लिन आएनन्, लाउरेले मन पराएको छ, जारी तिर्न सक्ने हो भने बाटो खुला छ ।
उतारचढाव
अथवा ‘जारी २’ भयो लाहुरेको इन्ट्री । तर, लाहुरे को हो ट्रेलरले सस्पेन्स राखेको छ । यता, मेलामा दयाहाङलाई पनि सोल्टिनीसँग देखिन्छ । साथीले सोध्छ, बिहे गर्ने हो ? दयाहाङले के भने सस्पेन्स छोडेको छ ट्रेलरले । लिम्बु संस्कृतिभित्र रहेर वैवाहिक जीवनको उतारचढाव देखाएको ट्रेलरले सिनेमालाई प्रतिक्षित बनाएको छ ।
‘जारी’को ब्रान्डलाई थप उकास्ने ट्रेलरले प्रष्ट संकेत गरेको छ । बलियो ट्रेलरले सिनेमालाई थप प्रतिक्षित बनाएको छ ।
प्रेम
श्रीमान् र श्रीमतीबीचको प्रेम, खुसी परिवार, श्रीमान् र श्रीमतीबीचको नोकझोक, इज्जतको हुर्मत, बियोग, पुनरमिलनको पखाई र त्यसभित्रको ट्विस्टले ‘जारी २’लाई हेर्न उत्सुकता ट्रेलरले बनाएको छ । द्वन्द्व र लिम्बु संस्कारको सेरोफेरोले सिनेमालाई थप प्रतिक्षित बनाएको छ ।
उपेन्द्र सुब्बा
उपेन्द्र सुब्बाद्वारा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।
सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
अलावा
सिनेमामा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
प्रतिक्षित सिनेमाको सूची जारी २
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमा यो वर्ष सर्बाधिक व्यापार गर्ने सिनेमाको श्रेणीमा राखिएको छ । ‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ
प्रकाशित मिति: १३ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया