कवि राकेश क्रान्तिकारी

पहिलो पुस्तक अनाम प्रेमिका को निम्ति यहाँलाई बधाई


धन्यवाद भाइ।

पुस्तक प्रकाशित भइसके पछिको छट्पटी वा खुसी दुवै बताउनुहोस् न?


छटपटी त कविता लेख्दा भाको हो प्रकाशित हुँदा चाहिँ खुसी नै भैयो।

तपाईको पुस्तक त पहिल्यै आउनु पर्ने थियो पाठकलाई प्रतिक्षाको सास्ती दिनु भयो नि ?


थियो होला, तर आफैलाई आफ्नो कवितामाथी अझै काम गर्न पर्छ कि भन्ने पनि लाग्यो। उसो त म महाअल्छे कवि हुँ,तीन चार महिनामा मरेर एउटा लेखिन्छ, फेरि भएन च्यातिन्छ फेरि लेखिन्छ यस्तै यस्तै ले होला तर पाठकलाई सास्ती नै दिएको छुइँन होला। दिए पनि त्यसको भरपाई अबको यो सङ्ग्रहले गर्ला।

किन यति ढिलो गर्नु भयो पुस्तक निकल्नु ?


मेरो लेख्ने बेहोराबारे त माथी नै भनी हालेँ, कविता लेख्नु मजाक पनि त होइन। समय लाग्छ। अर्को कुरा आफूले लगानी गरेर छाप्ने स्थितीमा म थिइनँ छुइँन।
धन्न हाम्रो किताब घरले मेरो कवितामाथी विश्वास गरेर छाप्ने निर्णय गर्‍यो तरै पनि पुनलेखन,सम्पादनले गर्दा अलिक ढिला भो।

यौटा कविले कविताको किताब निकाल्दै गर्दा के के चुनाउतीहरु आउने रहेछन् ?


चुनौती त धेरै छ भाइ प्रथमत आफुले लेखेको कविता माथी आफैलाई विश्वास हुनुपर्‍यो। अर्को चैँ मैले लेखेको कविताले पाठकलाई निराश त पार्दैन भन्ने नि


पाठकहरु सँग कवि राकेश क्रान्तिकारी


लाग्छ। हरेक पाठकको आ आफ्नो हेराई छ। ती तमाम हेराईलाई सकेसम्म सन्तुष्ट पार्नु बढो चुनौतीपूर्ण छ।

पाठक बजार र कविताको सम्बन्ध के कस्तो छ यति बेला ?


हाम्रोमा सबै संस्कृतिको विकास भैरहँदा, पठन संस्कृतिको विकास चैँ ओह्रालो झरिराछ। बिस्तारै पुस्तक पसल बन्द भएर अरू पसल खोलिदैछ। यो स्थितिमा


प्रकाशक छेवाङ योन्जनको हातमा अनाम प्रेमिका


पाठक बजारको हालत के होला आफै बुझ्नुस्। तरै पनि राम्रो पुस्तकको चै बजार थोरै भए पनि छ झैँ लाग्छ कतिपयले चाहिँ सित्तैमा माग्छ्न् र पो बिजोग।

कविहरुले कविता लेख्नै पर्ने अवश्यकता खासमा किन हुन्छ होला?


अब मजदुरहरूले मजदुरी गर्नै पर्ने, कथाकारले कथा लेख्नै पर्ने, जस्तै कविहरूले कविता लेख्नै पर्ने आवश्यकता होला। अब कविले कविता नलेखे कस्ले लेखिदेला त


कवि लेखकहरुको हातबाट अनाम प्रेमिकाको विमोचन


कविता र जीवनको समान अन्तर बताइदिनुहोस न?


जीवन भित्र नि कविता छ, कविता भित्र नि जीवन छ। आफ्नो जीवनले भोगेकै कुरा त कवितामा आउने हो।

कोट्याउनेहरू

हाम्रा जीवनका अमूल्य सपनाहरू
कोट्याई कोट्याई
कहिले ठिक नहुने घाउ बनाइरखेर हिँडेका उनीहरू।

रातपच्छे बनाएर
हाम्रो भविष्य कुँदेका हुन्
छायासमेत नदेखिने कुनामा।

सुतेरहेको सडकलाई कोट्याउने पनि उनीहरू नै हुन्
बालिरहेका सडकलाई सेलाउने पनि उनीहरू नै हुन्।
हाम्रो इतिहासका पानाहरूलाई
क्षतविक्षत बनाएर
टाँप कस्नेहरु
अचेल मेरा आँखावरिपरि
बेली डान्स गर्दै बसिरहेका छन्।

उनीहरूले हाम्रो दुख
हाम्रा सपनाहरू कोट्याएको भए
हामी अहिले हामै आकाशमा हुने थियौँ कि?
हामी हामै माटोमा लडीबडी गर्ने थियौँ कि?
हामी हाम्रो छातीलाई अझै चौडा बनाएर हिँड्ने थियौँ कि?

साथी हो आउनुस्
अब उनीहरूको गिदी कोट्याउन थालौँ।

प्रश्नकर्ता सम्पादक विशाल नाल्बो
जवाफदेहिता कवि राकेश क्रान्तिकारी

प्रकाशित मिति: ३ कार्तिक २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com