कवि चन्द्रबीर तुम्बापो

झण्डामुनि

हामीले मुटु मुटुबाट झिकेर रगत
दिएका हौँ जीवन
र त हावासँग मस्की मस्की
नाचिरहन्छ झण्डा ।

हामीले आङलाई सिनित्तै निचोरेर
पसिना दिएका हौँ हराभरा,
र त हिमाल सामुन्ने
ठाडै चम्किएको छ,झण्डा ।

हामीले यसरी हाम्रो मासुको रेसाले
चट्ट सिलायौँ
र अन्त्यमा,
हाम्रै नलिहाडमा उनेर जब उचाल्यौँ,

अचम्म,
यो झण्डाको लाम्चो छायाँमुनि
कता हराए हाम्रा अनुहार?

झण्डामुनि कविताको सौन्दर्यशास्त्र

कविको परिचय

चन्द्रवीर तुम्बापो नेपाली कवितामा बहुरङ्गवादी चेतनाका प्रमुख प्रतिनिधि कवि हुन्। नेपालमा संविधानसभाबाट संविधान बनाइँदै गर्दा, विशेष गरी सीमान्तकृत, आदिवासी, जनजाति, दलित र महिलाको राजनीतिक तथा सांस्कृतिक प्रतिनिधित्वबारे प्रश्नहरू तीव्र रूपमा उठिरहेका थिए। त्यसै सन्दर्भमा लेखिएको यो कविता झण्डामुनि राष्ट्रिय प्रतीक झण्डा भित्र दबिएका आवाजहरू, श्रम, रगत र पहिचानको अदृश्यीकरणको गहिरो प्रश्न उठाएको छ।

विषयवस्तु र मुख्य विचार

कविताको मूल विषय समानता, पहिचान र प्रतिनिधित्व हो। कवि राष्ट्रिय झण्डालाई गौरवको प्रतीकका रूपमा देखाउँछन्, तर सोही झण्डामुनि आफ्नो अस्तित्व हराएको बोध गराउँछन्। कवि भन्छन्, “हामीले मुटु(मुटुबाट झिकेर रगत दिएका हौं जीवन,” जसले देश निर्माणमा सबै वर्गले, विशेषतः सीमान्तीकृतहरूले( रगत र जीवन दिएका छन् भन्ने कुरा देखाउँछ।

तर अन्त्यमा उनी भन्छन्, “यो झण्डाको लाम्चो छायाँमुनि कता हराए हाम्रा अनुहार।।।रु” यही प्रश्न कविताको केन्द्र हो। यहाँ कविले झण्डाको प्रतीकमार्फत राष्ट्रभित्र लुकेको असमानता र अदृश्यीकरण ९ष्लखष्कष्दष्ष्तिथ० को विरोध गरेका छन्। त्यसैले, कविताको मुख्य विचार यस्तो भन्न सकिन्छ( राष्ट्रिय गौरवका प्रतीकभित्र पनि असमानता लुकेको छस समानताको झण्डा फहरिँदा पनि सीमान्तीकृत समुदायका अनुहारहरू हराइरहेका छन्।

भाषाशैली र प्रतीक प्रयोग

कविताको भाषा सरल, बिम्बात्मक र भावनात्मक छ। ‘रगत’, ‘पसिना’, ‘मासुको रेसा’, ‘झण्डा’, ‘छायाँ’ जस्ता प्रतीकहरूले राष्ट्र निर्माणमा सीमान्तीकृत वर्गको बलिदान र तिनको हराएको अस्तित्वलाई सशक्त रूपमा प्रस्तुत गर्छन्। कवि भन्छन्(
“हावासँग मस्की मस्की नाचिरहन्छ झण्डा”
यस पङ्क्तिले सतही राष्ट्रिय उत्सव र गहिरो पीडाबीचको विरोधाभासलाई देखाउँछ। कविले पुनरावृत्त बिम्ब ९चभउभतष्तष्यल ष्mबनभचथ० र क्रमिक संरचना प्रयोग गरेर “रगत(पसिना(मासु(छायाँ” सम्मको यात्रा बनाएका छन्, जसले बलिदानदेखि अदृश्यीकरणसम्मको कथा बोल्छ। भाषा प्रतीकात्मक भए पनि भाव अत्यन्त राजनीतिक र सामाजिक छ। यो शैली बहुरङ्गवादी आन्दोलनको कविताको खास पहिचान हो।

सबाल्टर्न आवाजको अभिव्यक्ति ।

चन्द्रवीर तुम्बापोको यो कविता सबाल्टर्न आवाजको शक्तिशाली अभिव्यक्ति हो। यहाँ ुहामीु शब्दले राज्यको परिधिबाट बोल्ने वर्ग( आदिवासी, जनजाति, दलित, श्रमिक, किसान सबैलाई जनाउँछ।
कवितामा “हामीले रगत, पसिना, मासु दिएर झण्डा उचाल्यौं” भनिएको छ तर त्यसको “छायाँमुनि अनुहार हराएको” वाक्यले सबाल्टर्न समुदायको अदृश्यीकरण र दमनप्रति व्यङ्ग्य गर्छ। कविले राष्ट्रको निर्माणमा योगदान दिने जनताको अस्तित्व राष्ट्रले नमान्ने अवस्थाको प्रतिवाद गरेका छन्। सबाल्टर्न सिद्धान्तअनुसार “जो बोल्न सक्दैन, उसको आवाज कसैले बोलिदिनुपर्छू भन्ने रहेको छ । त्यसैले कविले आफ्नो कविताद्वारा बोलिदिएका हुन् ।

निष्कर्ष

ुझण्डामुनिु कविता नेपाली राष्ट्रवादको सतही चमकभित्रको अन्धकार देखाउने कलात्मक प्रतिरोध हो। यो कविता केवल राजनीतिक होइन, सांस्कृतिक घोषणापत्र पनि हो, जसले राष्ट्रको झण्डामुनि हराएका अनुहारहरूलाई उज्यालोमा ल्याउने माग गर्छ। समग्रमा चन्द्रवीर तुम्बापोले ‘झण्डा’ लाई राष्ट्रिय प्रतीकको रूपमा मात्र होइन, अन्यायको छायाँको रूपमा पनि प्रयोग गरेर समानता, प्रतिनिधित्व र सबाल्टर्न अस्तित्वका पक्षमा शक्तिशाली आवाज मुखरित गरेका छन्।

समालोचक डा.तुलसी गौतम

प्रकाशित मिति: २ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com