बाडुल्की कविताको मुख्य विचार र भाषाशैली

कवि विशाल नाल्बोले लेखेको कविता बाडुल्कीु एउटा गहिरो भावनात्मक आत्मस्वीकृतिको कविता हो, जहाँ प्रेम, वियोग, सम्झना र मौनताको अन्तिम अर्थ एकैसाथ बगिरहेका छन्।

काव्यात्मक स्केच।

कविले अत्यन्त संवेदनशील र प्रतीकात्मक भाषामार्फत आत्मअनुभूत वियोगलाई चित्रण गरेका छन्। कविताको मुख्य भाव कविताको केन्द्रीय भाव विरह र स्मृतिको बाडुल्की हो, अर्थात्, विगतको प्रेमले छोडेको तीव्र सम्झना, जुन मनभित्र अझै बाँचिरहेछ।

कवितामा प्रेमी र प्रेमिकाको सम्बन्ध विग्रिएपछि बाँकी रहेको मौन संवाद, अधुरा प्रश्न र अनुत्तरित वचनहरूलाई कविले गहिरो संवेदना र बिम्बमार्फत अभिव्यक्त गरेका छन्। कविता सुरु हुन्छ एक तीव्र आत्मस्मरणबाट,

जब मेरो
पाखुराको नागबेली बाटो हुँदै,हुँदै बग्यो
आँशु भएर
तिम्रो आँखाको नदी।

यहाँ ‘नागबेली बाटो’ प्रेम र पीडाको रूपक हो, जसले कविको शरीर र आत्माभित्रको यात्रा गर्छ र अन्ततः आँसुको रूपमा प्रियतमाको आँखाबाट बग्छ। कविले आफ्नो वेदनालाई प्रेमिकाको आँसुमा रूपान्तरण गरेर दुई आत्माको साझा दुखको प्रतीक बनाएका छन्। तर, कवि आफ्नो पीडाभन्दा पनि प्रेमिकाको मौनतालाई बढी महसुस गर्छन् र भन्छन्

तिम्रो सुँक्क–सुँक्कको ध्वनि
छरिएका थिए बाटोभरि,
मुस्कानको प्रतिक्षामा थिए
औंलाहरु
टोकिरहेको तिम्रो ओंठ

शव्दमा प्रेमको छाया

यी पङ्क्तिहरूमा कविले मौन पीडाको सूक्ष्म चित्रण गरेका छन्। यहाँ मुस्कान, आँखा, ओठ, औंला जस्ता बिम्बहरूले सम्पूर्ण शारीरिक उपस्थितिलाई मानसिक संवेदनासँग जोडिदिन्छन्। कविता क्रमशः अन्त्यतिर पुग्दै गर्दा भावनाको गहिराइ बढ्दै जान्छ। जब प्रेमिकाले “बाचाको फन्कोले बुनेर दिएको टोपी” भुइँमा खसाउँछिन्, त्यो केवल भौतिक वस्तुको पतन होइन, त्यो सम्बन्धको समाप्तिको प्रतीक हो।

समालोचक डा। तुलसी गौेतम

यही क्षणमा कवि भन्छन्ः “झस्किएँ९ तिमी त बाडुल्की भइसकेछौ।” ुबाडुल्की’ शब्द नेपाली लोकभाषामा ‘सम्झनु’, ‘मनले तानिनु’ भन्ने अर्थमा प्रयोग हुन्छ। यहाँ कविले प्रेमिकाको अन्तिम सम्झनालाई बाडुल्की लाग्नुका रूपमा रूपान्तरण गरेका छन्। अन्त्यमा कवि भन्छन्९ “तिम्रो आँखाबाट सुस्त९सुस्त गरेर खसेको थियो९ मेरो हात्केलाभरि आँसु। त्यो नै तिम्रो मौनताको अन्तिम जवाफ थिएछ।” यी पङ्क्तिहरू सम्पूर्ण कविताको केन्द्र हुन्। प्रेमिकाको आँसु नै अन्ततः उसका सबै मौनताको उत्तर बन्छ।
शब्दरहित अभिव्यक्तिमा कविले गहिरो अस्तित्ववादी अर्थ पत्ता लगाएका छन्९ कहिलेकाहीँ मौनतामै सबै कुरा समेटिन्छन्।

कविको भाषिक जादु

भाषा र शैली कविता भाषिक रूपमा अत्यन्त भावनात्मक, प्रतीकात्मक र चित्रात्मक छ। ‘पाखुराको नागबेली बाटो’, ‘आँखाको नदी’, ‘टोपी खस्नु’, ‘औंलाले टोकिएको ओठ’ जस्ता बिम्बहरूले कवितामा दृश्यात्मकता ल्याएका छन्। भाषा कोमल छ तर त्यसमाथि दुःखको हल्का धुम्मिएको रङ्ग छ। वाक्यहरू छोटा छन्, तर भावहरू दीर्घ र गहिरा छन्। कविले प्रत्यक्ष कथनभन्दा अनुभूतिको माध्यमबाट भाव व्यक्त गरेका छन् ।

त्यसैले कविता अधिक कलात्मक र आत्मस्पर्शी बनेको छ। कविताको संरचना र प्रवाह पनि बाडुल्कीको अनुभूति जस्तै क्रमिक र लयात्मक छ । सुरुमा स्मरण, बीचमा मौन संवाद, अन्त्यमा निष्कर्ष अन्तिम आँसु जसले सम्पूर्ण कथा पूर्ण बनाउँछ।

निष्कर्ष

बाडुल्कीु कविता एक वियोगान्त प्रेमकथाको भावनात्मक आत्मस्वीकृति हो। यसमा कविले प्रेमका अधुरा क्षणहरू, मौनता र स्मृतिलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्। कवि विशाल नाल्बोको लेखनमा भावनात्मक संवेदनाको गहिराइ छ, जहाँ प्रेम केवल सम्बन्ध होइन, अस्तित्वको प्रश्न बन्छ।

यस कवितामा शब्दहरू केवल माध्यम होइनन्, अनुभूतिका ध्वनि हुन्। बाडुल्की केवल सम्झना होइन, जीवनका अव्यक्त पीडाहरूको मौन प्रतिध्वनि पनि हो। समग्रमा कविताले प्रेम, वियोग र मौनताको अन्तिम संवादलाई कोमल भाषामा प्रस्तुत गरेको छ। कविको शैली प्रतीकात्मक, संवेदनशील र आत्मस्वीकृतिपूर्ण छ, जसले पाठकको मनमा गहिरो भावनात्मक प्रतिध्वनि सिर्जना गर्छ।

कवि विशाल नाल्बो

बाडुल्की

जब मेरो
पाखुराको नागबेली बाटो हुँदै हुँदै बग्यो
आँशु भएर
तिम्रो आँखाको नदी।

सम्हालिएँ आफैं रुँनुबाट।

तिम्रो अनुहारबाट
हटाइदिएँ कपालको पर्दा
तिम्रो
सुँक्क सुँक्कको ध्वनि
छरिएका थिए बाटो भरि
मुस्कानको
प्रतिक्षामा‌ थियो
औंलाहरु
टोकिरहेको तिम्रो ओंठ
आँखाहरु
तटस्थ थिए भुइँतिर हेरेर।

प्रश्नहरु
कतै अड्किएका थिए
जवाफहरु शून्य थियो।

तिमीले बाँचाको फन्कोले
बुनेर
दिएको उपहार शीरको टोपी।

एक
दिन खस्यो भुइँमा।

झस्किएँ
तिमी त बाडुल्की भइसके छौं।

जब मेरो
बाँया
कुम माथि टाउको अड्याएर९बसिरहेको
तिम्रो
आँखाबाट
सुस्त सुस्त गरेर
खसेको थियो मेरो हात्केला भरि आँसु।

त्यो नै तिम्रो
सम्पुर्ण मौनताहरुको अन्तिम जवाफ थिएछ।

प्रकाशित मिति: २ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com