३१ असोज, काठमाडौं ।

नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सम्मानत गरे ।

दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट तेस्रो लगायतका विभिन्न पदक, पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com