सातो र सत्ता
मान्छेभन्दा
लाटो भएको छ
उसले टेक्ने आफ्नै माटो।
अब,
एकुसाङ्बेमा बसेर
गुरु जगाओैँ सबैले ।
अनि, अक्षता छर्दै
ठोकौँ काँसको थाल
थङ थङ ‘ थङ
थङ थङ ‘ थङ
थङ थङ ‘ थङ
थङ थङ ‘ थङ
घामहरू आरिसे नै थिए
उहिल्यैदेखिन्
देवताहरू पनि इर्ष्यालु थिए
पहिल्यैदेखिन्
सत्ताजस्तै वरिपरि डुल्थे पिशाचहरू
सहरमाझैँ फन्फनी घुम्थे प्रेतहरू।
यी खराब वायुहरू मन्साउन
अब,
साहसको आङ बाँधेर निस्कौँ,
विचारको नल्लेक तिखारेर आओैँ
चेतनाको वसाङ पहिरेर नाचौँ
अनि, ठोकौँ फेरि –
थङ थङ ‘थङ
थङ थङ ‘ थङ
थङ थङ ‘ थङ
थङ थङ ‘ थङ
मान्छेभन्दा
लाटो भएको छ
उसले टेक्ने आफ्नै माटो ।
अब –
सत्ताको आँखा फोडेर
फर्काओैँ माटोको सातो ।
सुप्रसिद्ध कवि अमित थेबे मिहाङ द्वारा रचनाबद्ध (सातो र सत्ता) शिर्षकको कविता योे पटकको इ सेवारो कविता बिषेशमा प्रकााशित गरेका छौं।
थेबे कवितामा विचारलाई बडो उर्वरताका साथ मलजल गरेर लेख्ने कवि हुन्।
सह(अस्तित्व सहित पहिचानको मुद्दालाई आफ्नो कवितामा सुन्दर क्राफ्टीय तरिकाले लेख्नु उनको लेखनको मूलभूत खासियत हो।
सम्पादक विशाल नाल्बो
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया