२२ असोज, काठमाडौं ।

इबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् ।

बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले बतायो ।

बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो । त्यसैले उनी बयानका लागि बुधबार बिहान ब्युरो पुगेका हुन् । उनको बयानको काम भइरहेको स्रोतले जनायो ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com