पाँचथर : 

पाँचथरमा मे १ ज ३०५५ नम्बरको पिकअप सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।

शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको थियो ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com