१८ असोज, काठमाडौं ।

 अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ ।

काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७:०० बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिहान ८:३० बजेदेखि काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमानासम्मको बीपी र अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । दोलालघाटसम्म पर्ने सो खण्डमा अविरल वर्षाका कारण पहिरो र जोखिम बढेपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो ।

सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com