भदौ-२३ काठमाडौं।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओली समकक्ष बुझाएका स्रोतले हाम्रो टिमलाई जानकारी दिए।

सोमबार भएको जेन जीहरुको प्रदर्शन हिंसात्मक भएको थियो,सो प्रदर्शनको क्रममा अहिले सम्मको न्युज अपडेटको अनुसार १९ जना युवाहरुले ज्यान गुमाइसकेका छन्।

उक्त घटनाको आफुले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन्।

त्यसअघि उनले पार्टी बैठकमा नैतिकताको आधारमा आफू पदमा नरहने निर्णय समेत सुनाएका थिए।

प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com