१३ असोज, काठमाडौं ।

नेपालीहरूको मुख्य चाड दशैं मनाउन उपत्यका छाड्नेहरूको क्रम जारी छ ।

केहीदिनदेखि उपत्यका बाहिरिने क्रम आइतबार र सोमबार बिहानैबाट झनै बढेको हो ।

काठमाडौं उपत्यकाबाट बाहिरने चोकहरू कोटेश्वर, बल्खु, कलंकी, माछापोखरी, बसुन्धारा, चाबहिल, गौशाला लगायतका क्षेत्र हुँदै मानिसहरू बाहिरिएका छन् ।

विभिन्न पेशा–व्यवसाय गरेर बस्नेहरू दसैँ मनाउनका लागि गाउँ फर्किँदै गर्दा विभिन्न स्थानबाट गाडी चढ्नेहरूको लर्को देखिन्छ ।

आजदेखि दशैंको बिदा पनि सुरु भएको छ । आज (फूलपाति) बिहानैबाट विभिन्न बस काउन्टर तथा चोकहरूमा मानिसहरू बाक्लो संख्यामा देखिएका छन् ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com