गत २३ र २४ भदौमा भएको प्रदर्शनमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानविन गर्न गठन भएको जाँचबुझ आयोगले पाँचवटा कार्यादेश पाएको छ। सरकारले बुधबार राजपत्रमा सूचना प्रकाशन गरी आयोगलाई पाँच कार्यादेश तोकेको हो। 

प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने, घटना घट्नुका कारणका बारेमा पत्ता लगाउने, भौतिक तथा मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि राय दिने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय सुझाउने र प्रतिवेदनमा उल्लेख भएका सुझाव कार्यान्वान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने कार्यादेश तोकिएको छ । 

प्रदर्शनमा गोली चलाउने सरकारी अधिकारीमाथि कारबाहीको विषयमा प्रस्ट बोलिएको छैन । भौतिक तथा मानवीय क्षतिको विषयमा विश्लेषण गरी कारबाहीका लागि राय दिने कार्यादेश दिइएको छ । 

गत ५ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको हो । आयोगको अध्यक्षमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की तथा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । अध्यक्षलाई मन्त्रीसरह र सदस्यलाई राज्यमन्त्रीसरहको सुविधा हुने सूचनामा उल्लेख छ। आयोगमा सहसचिवसहितका सात कर्मचारी गृह मन्त्रालयले खटाउनेछ। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । 

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com