काठमाडौं २७

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराए। शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने, ‘धेरै धेरै बधाई छ। धेरै धेरै शुभकामना। तपाईं सफल हुनुहोस्। देश सफल होस्।’


जेनजी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।


प्रधानमन्त्री कार्कीलाई ताजा जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी प्राप्त छ।

प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com