२७ भदौ, काठमाडौं ।

गायक राजेश पायल राईले सञ्चार, परराष्ट्र वा पर्यटनमन्त्रीमा नियुक्त हुन इच्छा व्यक्त गरेका छन् ।

अन्तरिम सरकार गठनको चर्चा भइरहँदा गायक राईले सञ्चार र पर्यटनमन्त्रीमा इच्छा देखाएका हुन् ।


बुधबार अबेर राति फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाईहरू मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन ।’ राईले विदेश मन्त्रालय उल्लेख गरेपनि नेपालमा वाह्य कूटनीतिक मामिलाका लागि परराष्ट्र मन्त्रालय भन्ने प्रचलन छ ।


आफूले सबभन्दा धेरै पटक विदेश भ्रमण गरेको बताउँदै राईले सञ्चार र पर्यटन मन्त्रालय सम्हाल्न सक्ने बताएका छन् ।


साथै उनले पर्यटन र संगीतको विकाशमा आफूले काम गर्न सक्ने दाबी गरेका छन् । आँट गरे असम्भव केही नहुने पनि उनको तर्क छ ।

प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com