काठमाडौं, आज अगस्ट (९)को दिन ३१,औं विश्व आदिवासी दिवसको अवसर पारेर (ईष्ट ब्लक सेन्टर)को आयोजनामा र नवीन वनेम लिम्बुको संयोजनमा राजधानीको अनामनगर स्थित युनियन हाउसमा (याक्थुङ मुन्धुम)विषयलाई लिएर,एक दिने विशेष बहस,विमर्श कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा!
प्राज्ञ,अमर तुम्याङ,डा.युवराज लिम्बु,डा.क्षितिज लिम्बु,प्रा,लिला चेम्जोङ,यासेली योङहाङ,उप प्राध्यापक, दिपक लुङगेली, लगायतका मुन्धुम विज्ञ र शोधकर्ताहरुको उपस्थिति रहेको थियो।

विमर्शमा!
पहिलो वक्ताको रुपमा बोल्दै,प्राज्ञ अमर तुम्याङले मुन्धुमलाई याक्थुङ समुदायमा मात्र सिमित राख्न नहुने बताए,उनले भने मुन्धुमलाई वैशिक रुपमा विमर्श गर्नु जरुरी हुन्छ,उनको निष्कर्ष थियो मुन्धुमलाई अरु समुदायले पनि बुझ्ने किशिमले बहस हुन जरुरी छ।

विमर्शमा अर्का वक्ता डा.युवाराज लिम्बुको जिकिर थियो मुन्धुमलाई बिज्ञान सँग जोडिएर हेरिनु पर्छ,उनले थप भने मुन्धुम विमर्शमा त ताङसाङ लिम्बुले बोल्नु पर्ने हो,इक्सा लिम्बुले बोल्नु पर्ने हो,तर यहाँ त युवाराज लिम्बुले बोलिरहेको छ,लिम्बुहरुको नाम समेत लोप हुँदै गएको उनको चिन्ता थियो
मुन्धुम विमर्शमा
गम्भीर हुँदै आफ्नै समुदायलाई उनले व्यङ्ग्य कसेका थिए।

अर्को वक्ताको रुपमा उपस्थित थिए डा.क्षितिज लिम्बु उनले मुन्धुमविज्ञहरुलाई सम्बोधन गर्दै भने, मुन्धुम बिमर्श हुनु आफैंमा सुखद पक्ष हो,यसले राजनैतिक तहमा पनि आफ्नो उपस्थिति जनाउनु अवश्यक रहन्छ मुन्धुम बिमर्श अब राज्य स्थरमा हुनु जरुरी छ,यो अब मेनस्ट्रिमको बहस भइसक्यो।

कार्यक्रममा उपस्थित अर्का मुन्धुम स्थल खोजकर्ता दिल विक्रम आङदेम्बेले मुजिङ्ना खियोङ्नाको मुन्धुमिक सन्दर्भलाई जोड्दै, मुन्धुम लेखन अब सहरमा बसेर नहुने बताए,उनको अठोट थियो,जहाँ हाम्रो मुन्धुम स्थल छन् त्यहीँ गएर खोज गरेर पुस्तकहरु लेखिनु पर्ने बताए।

कार्यक्रममा सम्पुर्ण वक्ताहरुले बोलेको बहस बिर्मशलाई समिक्षात्मक दृष्टिकोणले हेर्दै उप, प्राध्यापक दीपक लुङगेली मगरले आफ्ना बिचार राखेका थिए, उनले भनेका थिए लिम्बुहरु आफैमा संस्कृति हिसाबले समृद्ध समुदाय हो, मुन्धुममा माथि यति मात्र होइन,अझै ठूलो, ठूलो बहस हुन जरुरी छ। लिम्बु कविता माथि पि एच डी गरिरहेका मगर।लिम्बु समुदाय आफै काव्यिक समुदाय हो,उनले भने।

कार्यक्रममा झुमा लिम्बु द्वारा निर्मित लिम्बु मुन्धुमी डकुमेन्ट्री पनि देखाइएको थियो।

मुन्कुम नेम्वाङले संचालन गरेको कार्यक्रममा कवि तथा लेखक धर्मेन्द्र नेम्वाङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

बौद्धिक वर्गको वाक्लो उपस्थिति भएको कार्यक्रम,नवीन वनेमको धन्यवाद मन्तव्य पछि समाप्त भएको थियो।

प्रकाशित मिति: २५ श्रावण २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com