काठमाडौं । कर्णाली नदीमा दुई किशोर बेपत्ता भएका छन्। शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका –८ स्थित कर्णाली नदीमा नुहाउन गएका कालीकोट नरहरी गाउँपालिका–१ कोटवारीका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका हुन्।

शुक्रबार नै दैलेखको चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा १६ वर्षीय भुवन सार्की बेपत्ता भएका थिए।

ती दुवै किशोरको खोजीका लागि शनिबार गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

बिराजको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटिएको छ।

भुवनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेस डावबाट सुरक्षाकर्मी खटाइएको डिएसपी थापाले जानकारी दिए।

शुक्रबार साँझसम्म खोजी गर्दा नभेटिएपछि शनिबार बिहानदेखि पुनः खोजी सुरू गरिएको उनले बताए।

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com