
काठमाडौँ — इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन भएका छन् ।
अली खामेनेइले १९८९ देखि फेब्रुअरी २८ मा तेहरानमा अमेरिकी-इजरायली आक्रमणको सुरुवाती लहरमा आफ्नो मृत्यु नहोउन्जेलसम्म इरानको नेतृत्व गरेका थिए ।
सर्वोच्च नेताको जाँच र छनोट गर्ने जिम्मेवारी पाएको इरानको विशेषज्ञ सभाले सोमबार घोषणा गर्यो ‘सटीक र व्यापक छलफल’ पछि मोज्तबा खामेनेइलाई छनोट गरेको हो।
१९६९ मा जन्मिएका मोज्तबा अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन्। युवावस्थामा उनले १९८० को दशकमा इरान-इराक युद्धको समयमा स्वयंसेवकको रूपमा लडेका थिए । त्यसपछि इरानको सबैभन्दा पवित्र शहरहरू मध्ये एक र शिया धर्मशास्त्रको प्रमुख केन्द्र कोममा धर्मको अध्ययन गरेका थिए । मोज्तबाकी बहिनी र अन्य धेरै आफन्तहरू उनका बाबुसँगै हवाई आक्रमणमा मारिएका थिए । इजरायली मिडियाले आक्रमणमा मोज्तबा आफैं घाइते भएको रिपोर्ट गरेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले आफ्नो मिडिया शाखा सेपाहमार्फत नयाँ सर्वोच्च नेताप्रति बफादारीको प्रतिज्ञा गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले गत हप्ता कोमस्थित सभाको मुख्यालयमा भएको आक्रमणसहित निरन्तर हवाई आक्रमणको बाबजुद पनि विज्ञहरूको सभा बोलाएकोमा धन्यवाद दिए ।
उनले अली खामेनेइको मृत्युपछि ‘गतिरोधको आशा गरेका शत्रुहरूको चाल’ को बाबजुद नयाँ सर्वोच्च नेताको छनोट समयमै र व्यवस्थित तरिकाले सम्पन्न भएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न उसको ‘बिनसर्त आत्मसमर्पण’ बाहेक कुनै सम्झौता नहुने बताएका थिए । तर,इरानले आफ्नो सर्वोच्च नेताको हत्याको बदला लिएर छाड्ने बताएको छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया