२१ असोज, काठमाडौं ।
दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५८।५५ अंक ९२।१९ प्रतिशत० घटेको हो । सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।
१६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ४।८३ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो ।
बैंकिङ १।३२, विकास बैंक २।३८, फाइनान्स १।१२, होटल तथा पर्यटन २।७२, हाइड्रोपावर २।७४, लगानी १।९१, जीवन बीमा १।८६, उत्पादन तथा प्रशोधन १।८५, माइक्रोफाइनान्स १।८७, निर्जीवन बीमा २।०४ र व्यापार १।१७ प्रतिशत घटे ।
भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ८।५७, माथिल्लो मैलुङखोलाको ७।२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६।८७ प्रतिशत घट्यो ।
आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखियो । मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे । सेन्चुरी डिबेन्चरको १०, एनआईसी एसिया ऋणपत्रको ९।११, स्टान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशत मूल्य बढ्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट छन् ।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया