मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
जेन–जी विद्रोहपछि बनेको अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ। सोही निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश जारी भएको हो।
‘संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा’ उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

प्रतिक्रिया