काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले एमाले नेतृत्वलाई बालुवाटारमै बाेलाएर धन्यवाद दिएकी हुन् । प्रधानमन्त्रीको आमन्त्रण स्वीकार्दै मगलबार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए