२९ मंसिर २०८२, आइतबार


२८ मंसिर काठमाडौं-गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह नयाँ अध्याय लोकार्पण भएको छ।द मार्जिनले प्रकाशनमा ल्याएको उक्त कृति वक्ताद्वय लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी,कृतिका लेखक गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले एकसाथ सर्वनाम थिएटरको प्रेक्षालयमा कृति लोकार्पण गरेका थिए।

नागरिकता बोक्नेहरुले हाँस्दै देश छोडेको र नागरिकता नहुनेहरुले रुँदै देश छोडेको प्रसंग जोड्दै कृतिका लेखक राहुल शंकरमा देशभक्त भावना र उनका सिर्जनाहरु साँच्चिकै देशप्रेमले ओतप्रोत भएको कुरा वक्ता प्रकाश आङ्देम्बेले बताए ।त्यसैगरी अर्का वक्ता शितल कादम्बिनीले राहुलका गजलहरु समकालीन नेपाली गजलको दुनियाँमा एक उत्कृष्ट गजल कृतिको रुपमा प्रकाशित भएको बताए।

कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न विमोचन कार्यक्रममा उक्त कृतिबाट कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले गजल वाचन गरेका थिए।

प्रकाशित मिति: २९ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com