कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष डा। टिलु राना ले कराते खेललाई स्थानीय तहसम्म विस्तार गर्न, अनुशासित र दक्ष खेलाडी उत्पादन गर्न तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार पार्न जिल्ला समितिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
काठमाडौं साउन १७- ओकिनावा गोजु रियु करातेडो एसोसिएसन नेपालको रुपन्देही जिल्ला समिति गठन गरिएको छ। कराते खेलको विकास, विस्तार तथा जिल्लामा संगठनलाई सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न कार्यक्रममा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।
नवगठित समितिको अध्यक्षमा चिरञ्जीवी भण्डारी, सचिवमा कमल जी।सी।, कोषाध्यक्षमा युवराज क्षेत्री तथा अन्य ९ जना सदस्यहरू नियुक्त भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मेयर रूप सिंह थापा रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा मिना बुढाथोकी, उषा कुमारी राना पुन, लक्ष्मी राना तथा छविलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष डा। टिलु राना ले कराते खेललाई स्थानीय तहसम्म विस्तार गर्न, अनुशासित र दक्ष खेलाडी उत्पादन गर्न तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार पार्न जिल्ला समितिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनको उद्देश्य प्राप्तिका लागि सबै पदाधिकारी र सदस्यहरूलाई सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित अतिथिहरूले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रुपन्देही जिल्लामा कराते खेलको विकास र प्रवर्द्धनमा समिति प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

प्रतिक्रिया