३ फागुन, गोरखा । लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् ।

केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com