२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म) उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्‍याएका छन् ।सर्लाही–४ बाट लिलु डुम्रेका अनुसार दुईबीचको मतान्तर ६ हजार २ देखिएको छ ।यहाँ रास्वपाका उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन् । कांग्रेस सभापति थापाको पक्षमा आठ हजार ४६२ मत गणना भएको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार अमनिश यादवले दुई हजार २६१ मत पाएका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com