२३ फागुन, काठमाडौं । सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई मतान्तर बढाइरहेका छन् ।
उनले ४८३६ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले ३४२६ मत ल्याएर पछ्याइरहेकी छन् ।
नेकपाका सूर्यबहादुर भट्टराईले १०८५ मत ल्याएका छन् । कांग्रेसका सुजेन्द्र तामाङले ७२८ मत ल्याएका छन् ।एमालेका टीकाराम लिम्बूले ५९१ मत मात्रै ल्याएका छन् । राप्रपाका उद्धव श्रेष्ठले ३१३ मत ल्याएका छन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया