२२ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् ।

यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका हुन् ।

पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com