२५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कसैले उम्मेदवारी नदिने आशा अहिलेसम्म राखिरहेको बताएका छन् ।

बिहीबार राजधानीमा सञ्चारकर्मीसँगको अन्तर संवादमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।तैपनि परिस्थिति त्यतातिर गएजस्तो आफूलाई नलागेको उनले बताए ।

‘अब मेरो उठ्ने नउठ्ने भन्ने कुरा । अलिकति परिस्थिति त्यस्तोतिर गएको देख्दिनँ,’ ओलीले भने, ‘फेरि आशा छ, मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध जित्छु भन्ने छ । मलाई त्यो आशा छ ।’साथै, उनले यसबारे भोलि बैठक बसेर टुंगिने पनि जानकारी गराए । भोलि अघि बढाउने प्रस्ताव सहमतिबाटै अघि बढ्ने उनको भनाइ छ ।

प्रकाशित मिति: २६ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com