२१-मंसिर काठमाडौं-कवि तथा गीतकार निरुपम श्रेष्ठले तेस्रो कृतिका रुपमा गीतसङ्ग्रह ‘कुमारी माया’ पाठकसामु ल्याउनुभएको छ।यसअघिका दुई कवितासङ्ग्रह देश स्वप्न २०६३ र बूढो समय २०७९ बाबुराम श्रेष्ठका नाममा सार्वजनिक छन्।अब चाहिँ निरुपम श्रेष्ठका नाममा पाठकबिच कवि तथा गीतकार आउनु भएको छ।


सिन्धुली मरिण गाउँपालिका निरुपम अंग्रेजी विषयको शिक्षकका रुपमा सक्रिय रहेर पनि नेपाली गीत तथा कविता लेखनमा उत्तिकै तल्लिन हुनुहुन्छ।गाउँमा बसेर बुझेको, भोगेको र अनुभूत गरेको समाज,जीवन र परिकल्पनामा उभ्याएको संसारलाई गीत मार्फत् गीतकार निरुपमले यस सङ्ग्रहमा उतार्नु भएको छ।


गीतसङ्ग्रह कुमारी मायामा ७५ गीत संग्रहित छन्।गीतकार बसन्तराज अज्ञातको आकर्षक आवरण कलासहितको कुमारी माया प्रा डा. कृष्णहरि बरालले भूमिका मार्फत् लेख्नुभएको छ, ‘‘संरचनागत हिसावले हेर्दा यिनका गीतहरु स्थायी र अन्तरा भागमा विभक्त गरिएको छ भने धेरै गीतमा स्थायी अनि दुईवटा अन्तरा प्रयोग गरिएको छ।लयगत आधारमा भन्दा उनले आक्षेरिक लयलाई प्रयोग गरेका छन्।


गीतसङ्ग्रहमा गीतकार राजेन्द्र थापा, दिनेश अधिकारी, प्रकाश सायमी, भुपेन्द्र खड्का ले समेत गेयात्मकतामा लहरिएको सुन्दर गीतहरुले प्रेमिल भावमा उत्कर्ष, वियोगमा चुडान्त र स्थानीय विम्बमा गीतका तरेलीहरू बुन्ने साथै हरेक रसमा, बिषयमा,शब्द शिल्पी मार्फत संगीतलाई साहित्य र गीतसग जोड्ने उनका गीतहरुले देशको गीत संगीतमा ठुलो टेवा र इतिहास बनाउनेमा सङीतकार राजु सिंह, सन्तोष श्रेष्ठ समेतले ब्लरमा लेखेका छन्।

प्रकाशित मिति: २२ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com