२१ मंसिर, काठमाडौं ।भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो ।घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरु पनि छन् ।

कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्एिर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।गोवा सरकारले घटनाको जाँच गर्न र दोषीलाई कारबाही गर्न अधिकारीहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com