१८मंसिर, काठमाडौं ।बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमाले भन्दा ठूलो दल बनेको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कम्युनिष्ट घटक र दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । ४ मंसिर २०७९ को चुनावमा एमाले बागमती प्रदेशमा दोस्रो दलको रूपमा चुनिएको थियो।

११९ स्थानीय तह रहेको बागमती प्रदेशमा ११० सदस्यीय प्रदेश सभा छ । २३८ स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।प्रदेश सभामा ३७ सिटसहित कांग्रेस पहिलो दल छ । एमाले २७ सिटसहित दोस्रो दल रहेकोमा अब नेपाली कम्युनिष्ट पार्टीको २८ सिट भएको छ।

तत्कालीन माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सिट एकीकरणपछि २८ सिट पुगेको हो । बागमतीमा राप्रपा १३, नेमकिपा ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन्।

स्थानीय तहतर्फ पनि नेपाली कम्युनिस्ट पार्टीले एमालेलाई उछिनेको छ । स्थानीय तहतर्फ बागमतीमा कांग्रेसका १०८ जना प्रमुख/उपप्रमुख छन् । एमालेका ६० जना रहेका छन्।

माओवादीका ५७ र एकीकृत समाजवादीका ९ जोडिँदा अब नेपाली कम्युनिस्ट पार्टीका ६६ प्रमुख/उपप्रमुख पुगेका छन्।

प्रकाशित मिति: १९ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com