१८ मंसिर, काठमाडौं ।काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्ने बताएकी छन् ।

२२औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन् ।डंगोलले यमरी पुन्ही एउटा पर्व मात्र नभई संस्कार भएको जिकिर गरिन् ।उनले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभई अस्तित्वको रूपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘आजको ज्यापु दिवसले ज्यापुहरूको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ । त्यसकारण पनि आजको दिन महत्त्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रूपमा लिनुपर्दछ ।’उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रूपमा गर्व गर्न लायक बनाउनुपर्ने बताइन् ।

प्रकाशित मिति: १९ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com