१७ मङ्सिर काठमाडौँ ।मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज बुधबार औपचारिक घोषणा हुँदैछ । उज्यालो नेपाल पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा गर्न लागेको छ ।

घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ । सोही कार्यक्रममा  उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येयसहितको घोषणापत्र २०८२ समेतसार्वजनिक गरिने बताइएको छ ।

पार्टीले यसअघि मङ्सिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com