१४ मङ्सिर काठमाडौँ ।करिब साढे दुई वर्षदेखि काठमाडौँ महानगरपालिका–२७ अन्तर्गत वीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा सो क्षेत्र अव्यवस्थित बनेको छ।

फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रुले सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन्।फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक अझै साँघुरो बनेको छ। वीर अस्पताल आसपास दैनिक ठुलो सङ्ख्यामा पैदल यात्रु ओहोरदोहोर गर्ने हुँदा समस्या झनै बढेको छ।

सहरी क्षेत्रमा सुरक्षित हिँडडुलका लागि फुटपाथ अनिवार्य भए पनि काठमाडौँका धेरै भागमा यस्तै अवस्थाका कारण पैदल यात्रुको सुरक्षामा निरन्तर असर परेको छ। 

प्रकाशित मिति: १५ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com